काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप साउन २१ देखि २४ गतेसम्म संचालन हुने


काठमाडौं साउन १३ ।
विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघले आज पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप साउन २१ देखि २४ गतेसम्म संचालन हुने जनाएको छ । च्याम्पियनसिपमा यू–१२ र यू–१४ उमेर समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष दिपक थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एनप्याब्सन र सामुदायिक विधालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । च्याम्पियनसिपमा ९ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्याब्सन काठमाडौंसँगको सहकार्यमा हुने च्याम्पियनसिप कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको त्रिभुवन स्मृति हलमा हुनेछ ।

सोम, साउन १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार