नेपाली क्रिकेट टोली स्वदेश फर्कदै


काठमाडौं, साउन १३ ।
सिंगापुरमा सम्पन्न आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै छ ।

नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टोली आज राति साढे १० बजे स्वदेश आईपुग्ने जानकारी दिए । प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।

सिंगापुरसँग पराजित भएसँगै नेपालको अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी(ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । यस्तै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

सोम, साउन १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार