फेसबुक रोगबाट मुक्त हुनुस्ः उपप्रधानमन्त्री


सुनसरी, साउन ७ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय नेता, कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल ’फेसबुके रोग’ बाट मुक्त हुन आग्रह गर्नु भएको छ ।

धरान उपमहाननगर कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी एकीकरणको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा आएका स्टाटस र कमेन्टका आधारमा व्यर्थ बहस नगर्न उहाँले आग्रह गर्नु भएको हो ।

उहाँले ड्यासमै सँगै बसेका नेकपा केन्द्रीय सदस्य धर्म निरौलाले पार्टी एकीकरणको सन्दर्भमा हालै लेखेको स्टाटसबारे नामै किटेर चर्चा गर्दै पार्टी एकीकरणबारे कुनै दोधारमा नरहन आग्रह गर्नु भएको हो । अब एमाले र माओवादी केन्द्र नभई नेकपा मात्र भएकाले कहाँ कसको मान्छेले नेतृत्व गर्ने भन्नेबारे चिन्ता नलिन उहाँले आग्रह् गर्नुभयो ।

उहाँले नेतृत्व जसले लिए पनि नेकपाकै नेता कार्यकर्ताले लिने बताउनुभयो । पार्टी एकीकरणका बारेमा रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आएका समाचारले पनि कार्यकर्ताले मन बिगार्ने भएकाले पार्टीको च्यानलप्रति विश्वास गर्न उहाँले आग्रह गर्नु भयो । उहाँले विगतको घाउ नकोट्याउन पनि आग्रह गर्नुभयो ।

मङ्ल, साउन ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार