राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन प्रधानमन्त्रीको चेतावनी


काठमाडौं, साउन ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गर्नु भएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यदि त्यसो गरे उपकुलपति या पदाधिकारी जो भए पनि नछाड्ने बताउनुभयो ।

दबावमा काम नगर्ने भन्दै प्रधानमन्त्री ओलीले उपकुलपतिको या अरु जो सुकैको गल्ती भए पनि माफी नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाउनु भयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो ।

मङ्ल, साउन ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार