हाजीहरुको उपचारका लागि सिमा साउदीको मक्कामा !


काठमाडौ,६ साउन । साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुसलमानहरूको आज बिदाई गरिएको छ ।
हजका लागि जाने नेपाली मुसलमानहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगी नेपाल हज समितिका पदाधिकारीहरुले कपिलबस्तु,दाङ्ग, र धनुषाका हाजी संगै नेपाल हज समितिका सदस्य मेराज अहमद हल्वाई र स्वास्थ्यकर्मी सिमा घर्तिमगर खानलाई बिदा गरिएको थियो ।
चरण—चरण गरी मक्कामा हज ९विशेष प्रकारको नमाज र प्रार्थना० गर्न नेपाली मुसलमानहरु साउदी अरब पुग्ने गर्दछन । हजका लागि साउदी गएका नेपाली हाजीहरुको उपचारका ४ जना स्वास्थ्यकर्मीहरु साउदी पुगी सकेका छन् ।
नेपाल हज समितिका अनुसार सोमबार एयर अरबियाको बिमान बाट १५६ जना हाजीहरु संगै स्वास्थ्यकर्मी सिमा खान पनि साउदी प्रस्थान गर्नु भएको छ । सरकारी सेवामा प्रबेश गरे पछि पहिलो पटक सरकारका तर्फबाट हाजीहरुको उपचारका लागि मुस्लिमहरुका पवित्र स्थल साउदीको मक्कामदीना जाने औसर पाउनु भएको छ ।
१० वर्षीय जनयुद्धका क्रममा दाई र भाउजु सगै नेपाली सेनाको चरम यातनाका कारण आमालाई समेत गुमाएर बज्यैको काखमा हुर्के कि सिमा जनयुद्धका क्रममा राज्य पक्षले गरेको शोषणलाई सम्झीदा मन भैवित हुने गरेको सुनाउनु भयो ।


विमान स्थलमा संचारकर्मीहरु संग कुरा गर्दै, स्वास्थ्यकर्मी सिमा खानले द्धन्द पिडित परिवारहरुका लागि सरकारले खासै योजनाहरु निमार्ण गर्न नसकेको प्रति दुख व्यक्त गर्दै हज समितिले विगतको घटना क्रमहरुलाई सम्झदै हाजीहरुको स्वास्थ्य उपचारका लागि साउदी पठाउने गरेको निर्णयले मनलाई हर्षित बनाएको बताउनु भयो । सिमाले सरकारको निर्णय बमोजिम आफू कार्यरत रहेको बाँकेको डुडुवा गाँउपालिकाले हाजीहरुको उपचार र हज अवधी भरीका लागि काम गर्न पठाएको प्रति पालिका परिवार र पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी प्रति आभार व्यक्त गर्नु भयो ।


स्वास्थ्यकर्मी सिमा घर्तिमगर खान सहित हजका लागि प्रस्थान गरेका हाजीहरुलाई बिदाई गर्न हज समितिका सदस्य रोजिना खातुन,फिरोज अन्सारी,मोहम्मद अकबर,भरी एफएमका स्टेशन प्रमुख मोहम्मद आरीफ अन्सारी,जामा मस्जीदका उपाध्यक्ष ज्याउल हक हलवई,समाज सेवी बाबु हल्वाई, स्वास्थ्यकर्मी सिमाका श्रीमान अधिकारकर्मी आलम खानले बिदाई गर्नु भएको थियो ।


नेपालबाट हज गर्न जाने हाजीहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई विगतमा लैजाने पराम्परा रहे पनि पश्चिम नेपालबाट महिला स्वास्थयकर्मी हाजीहरुको उपचारका लागि साउदी जाने अवसर पाएका थिएन्न । हज समितिका अध्यक्षले आफना निकटका स्वास्थ्यकर्मीहरुलाई लैजाने गरे पनि सरकारी स्वास्थ्यकर्मीहरु हाजीहरुको सेवा गर्न पाएका थिएन् ।

वर्तमान हज समितिले हाजीहरुको उपचार गर्न पश्चिम नेपालको बाँके जिल्लाको डुडुवा गाँउपालिका अन्तरगत होलिया स्वास्थ्य चौकीमा दरबन्दी भई काम गर्दै आएकि द्धन्दका क्रममा पुरै परिवार गुमाएकि सिमालाई हाजीहरुको उपचारका लागि साउदी पठाएको छ । वर्तमान हज समितिले गरी रहेको काम स्वागत र प्रशंसा योग्य रहेको नेपाली मुस्लिमहरुको धारण रहेको छ ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया