मन्दिरको छत खसेर लाग्दा पाँचथरको भारपामा दुईको मृत्यु


काठमाडौं, ६ साउन ।
पाँचथरको हिलिहाङ गाउँपालीकामा निर्माणाधीन मन्दिरको छत खसेर २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
हिलिहाङ गाउँपालिका ७ भारपाको टारीमा निर्माणाधीन मन्दिरको छत खसेर लाग्दा स्थानीय ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको मृत्यु भएको हो ।

साउन १ गते ढलान गरिएको छतको बिम कस्न लगाइएका काठ झिक्दै गर्दा छत खसेर उनीहरुको मृत्यु भएको ७ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष सुनमान तामाङले जानकारी दिए ।
सोही ठाउँका वीरबहादुर राई घाईते भएको जिल्ला प्रहरी कार्यालय पााचथरका सूचना अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

गााउपालिका अध्यक्ष भवानी लिङदेनले कार्यपालिकालाई छलेर काम गर्दा यस्तो घट्ना भएको भन्दै छानबिन गर्ने वताउनुभयो । घाईते राईको उपचार भईरहेको छ ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार