बलात्कार आरोपमा प्रहरी असई हाेटलबाट पक्राउ


संजय सहनी/ रौतहट, साउन ३ ।

२० वर्षीया युवती बलात्कार गरेको आरोपमा रौतहटमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत साहायक निरीक्षक साह हेटौडाबाट युवती सँगै मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरको एउटा होटेलमा बसेका थिए। बारा जिल्ला महागढीमाई नगरपालिका घर भएका प्रहरी सहायक निरीक्षक साहमाथि गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा उक्त महिलालाई बलात्कार गरेको आरोप छ ।

युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्। हेटौडाबाट बहिनी हराएपछि खोजी गर्दै जाँदा चन्द्रनिगाहपुरस्थित होटलको कोठामा दुवैजना फेला परेका थिए।

पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले जानकारी दिएका छन ।

शुक्र, साउन ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया