लुम्बिनीको झल्को दिन तिलोत्तमा नगरपालिकास्थित राजमार्गमा राखिएका बुद्धका मूर्ति तोडफोड, अनुसन्धान जारी


बुटवल, २ साउन । सिद्धार्थ राजमार्गमा राखिएका बुद्घ मूर्तिहरू तोडफोड भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राजमार्ग छेउमा राखेका उक्त मुर्तीहरु तोडफोड भएको हो ।

सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।सापकोटाले बताए । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अनुसन्धान सुरु भएको पनि उनले जानकारी दिए ।
राजमार्गमा राखिएका मूर्तीबारे कुनै विवाद समेत नभएको अवस्थामा रातारात तोडफोड भएको भन्दै उहाँले कस्ले र किन तोडफोड गर्ने भन्ने खुल्न नसकेको बताए ।

घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा १ सय १० किलोका २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

बिहि, साउन २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार