अविरल वर्षाका कारण ३० वटा मुख्य राजमार्गमा क्षति, बीपी राजमार्गमा यातायात पूर्ववत् रूपमा सञ्चालन गर्न करिब २० करोड खर्च लाग्ने


काठमाडौ ३१ असार । केही दिनदेखि परेकाे अविरल वर्षाका कारण बीपी राजमार्गसहित मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ ।भने चार वटा पुलमा क्षती पुगेकेा छ ।

सबैतिरको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेकाे भएपनि बाढीपहिरोका कारण पुल र सडकमा गरी झन्डै २ अर्ब बराबर रुपैयाँको क्षति पुगेको सडक विभागले जनाएकाे छ । बीपी राजमार्गमा यातायात पूर्ववत् रूपमा सञ्चालन गर्न करिब २० करोड खर्च लाग्ने विभागको अनुमान छ । सामान्य खाल्डो पर्नेदेखि सडक नै बगाउनेसम्मको क्षति भएको विभागले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएकाले केही राजमार्गमा पहिरो पन्छाउन समस्या भएको विभागले जनाएको छ । व्यस्त र निर्माणाधीन राजमार्गका पुलसमेत बाढीले बगाएको छ । कतिपय ठाउँमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।
पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोले क्षति गरेको र नारायणगढ(मुग्लिन खण्डमा पनि पहिरो गएको महानिर्देशक शर्माले बताउनुभयाे ।महानिर्देशक शर्माका अनुसार वर्षातले क्षति गरेपछि सम्बन्धविच्छेद भएको सिद्धिचरण मार्गको हर्कपुर(ओखलढुंगा खण्ड जोडिए पनि खुर्कोट(घुर्मी खण्डमा यातायात चल्न सकेको छैन । ‘शुक्रबारदेखि यो खण्ड बन्द छ, पहिरो पन्छाउन चार/पाँच ठाउँबाट मेसिन प्रयोग गरेका छौं,’ उनले भने, ‘यातायात सञ्चालन हुन अझै दुई दिन लाग्ला जस्तो छ ।’ उनका अनुसार पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको छ । यो खण्डमा खहरे खोला धेरै छन् । कान्ति राजपथका ठाउँ(ठाउँमा पहिरो खसेपछि निर्माण कार्य प्रभावित बनेको छ । ‘मध्य पहाडी लोकमार्ग र कान्ति राजपथमा पहिरोको बढी समस्या देखिएको छ,’ शर्माले भने ।

शुक्रबार राति कालीगण्डकी नदीले म्याग्दीको बेनी -जोमसोम सडक खण्डमा क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डको काभ्रे भीरमा चट्टान फोरेर सडक सञ्चालनमा ल्याइएको छ । बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल शुक्रबार राति बगाएको छ । ३२ मिटर पुल बगेपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । दैनिक करिब २ हजार सवारी साधन ओहोरदोहोर गर्ने यो खण्डमा पुल बगेसँगै सडक विभागले भित्री तथा अस्थायी राजमार्ग प्रयोग गर्न चालकलाई अनुरोध गरेको छ ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार