सरकारसँगको वार्ताबारे नेकपाको धारणा सार्वजनिक, यस्तो छ सत्यता


काठमाडौं, ३१ असार ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफनो पार्टिसंग वार्ता गर्ने भन्दै झुटको खेति मच्याएको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एकपछि अर्को हत्या गर्दै आएको सरकारले ति फेक इन्काउन्टर माथि पर्दा हाल्न वार्ताको हल्ला चलाएको बताएको छ । स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासंग वार्ता भएको प्रचारवाजी सुनियोजित र कपोलकल्पित हुन् ।

नेपाल कम्युनिष्ट पार्टीमाथिको दमन र आफना नेता कार्यकर्ता हत्याको सडक सदन र आम जनासुदायले बिरोधमा उत्रिए पछि सरकारले यस्तो सुनियोजित प्रचार चलाएको नेपाल कम्युनिष्ट पार्टिले ठोकुवा गरेको छ ।

नेकपामाथिको दमन सरकारका निम्ति प्रत्युपादक भएपछी सरकारले वार्तालाई षडयन्त्रको हतियार बनाउन खोजेको बताउदै नेपाल कम्युनिष्ट पार्टीले यस्ता कपोलकल्पित र भ्रामक प्रचारमा बिस्वाश नगर्न आम नागरिकलाई अपिल समेत गरेको छ ।

(प्राविधिक कारणले यो समाचारमा अर्को पनि जोडिएर प्रकाशित भएकोले हटाइएको छ: सम्पादक)

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार