पूर्णबहादुर रुचालले जव उफ्रेर जिउँदाे चितुवाकाे घाँटी थिचे….


चरिकोट, ३० असार । उत्तरी दोलखाको सिंगटी बजारमा पसेको चितुवालाई स्थानीयले नै नियन्त्रमा लिएर वन कार्यांलयलाई बुझाएका छन्। सोमबार बजारमा चितुवा पसेपछि  पूर्णबहादुर रुचालले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका हुन्।

विहान करिब ८ बजेतिर सिंगटी बजारमा देखिएको चितुवालाई सिंगटी चेकपोस्टमा रहेका प्रहरीले वनतिर नै लखेटेका थिए। केही बेरपछि पुनः पेट्रोलपम्प क्षेत्रबाट फेरि बजारमा प्रवेश गरेको देखेपछि विगु गाउँपालिका–८स्थित खोपाचागुका पूर्णबहादुर रुचालले उफ्रेर ढाड पट्टिबाट चितुवाको घाँटीमा थिचेर डोरीले बाँध्न सफल भएका थिए। उनले चितुवासँग १० मिनेट घम्साघम्सी गरेका थिए।

चितुवासँगको घम्साघम्सीमा रुचाल सामान्य घाइते भएका छन्।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया