ताजा अपडेटः बाढीपहिरो र डुवानका कारण ६५ जनाकाे मृत्यु, ३० जना अझै बेपत्ता


काठमाडाैं, ३० असार । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेकाे सङ्ख्या ६५  पुगेकेा छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुष गरी  ६५ जनाको मृत्यु भएको छ।

प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना  पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।

बाढी पहिराेले देशका विभिन्र सडक खण्ड अवरूद्ध भएकाे छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार