सिद्धबाबा सडकखण्डका विषयमा प्रदेशसभामा ध्यानाकर्षण


खस्यौली, असार २९ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सडकखण्डको विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा आज बसेको बैठकको विशेष समयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धबाबा सडकखण्ड ठेकेदारको लापरवाहीले निर्धारित समयमा सम्पन्न हुुन नसकेको उल्लेख गर्दै सरकारको असारे नीतिलाई सच्चाउनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले कानूनी प्रक्रियालाई देखाएर अल्झिन नहुने विचार राख्दै सङ्घीय सरकारको जिम्मेवारी भए पनि प्रदेश सरकार पन्छिन नहुने बताउनुभयो । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले अर्थसँग सम्बन्धित दुई विधेयक प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनु भएको थियो ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया