मन्त्रालयमै औंलो ठड्याउँदै मन्त्री महासेठले पत्रकारलाई क्यामरा बन्द गर्न लगाएपछि…..


काठमाडौं, असार २९ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यमहरुलाई रोक लगाउनु भएको छ ।कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्‍न रोक लगाउनुभएको हो ।

मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाण्डौ–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाउनु भएको हो ।

आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने्बित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराउनु भयो ।‘यसरी भिडियो लिन हुन्‍न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भन्नुभयो, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार