विहार डुवान हुने डरले सप्तकोशी ब्यारेजका २६ वटा ढोका पुनः बन्द !


सुनसरी, २९ असार । भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी ३० वटा मात्र खुला गरेको कोसी ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वरी दाहालले जानकारी दिए ।

पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएको थियो ।
विहान ९ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६४ हजार १ सय ७० क्यूसेकमा झरेको छ । गएराति पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेको थियो ।

भारतले केही समयका लागि ५६ वटै ढोका खोलेको जस्तो देखाए पनि विहार डुवान हुने डरले नेपालतर्फको मानव बस्ती र खेतीयोग्य जमिन डुवान हुने गरी कोशी ब्यारेजका ढोका बन्द गरेको स्थानीयले आरोप लगाएका छन् ।

सप्तकोसीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापु र सप्तरीको गोवरगाडा पुरै जलमग्न भएको छ ।

स्थानीय बासिन्दाले सप्तकोशी ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरेका छन् ।

१९६४ सालमा निर्माण गरिएको कोसी ब्यारेजको कुल क्षमता ९ लाख क्युसेक पानीको रहेको छ । यो ब्यारेजको आयु ७५ वर्ष मात्र रहेकाले कुनै पनि समय जोखिम हुन सक्ने अवस्था रहँदै आएको छ ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार