अमेरिकाको लुजियानामा भीषण वर्षा


काठमाडौं, असार २९ ।
अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो ।

आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो ।

१ लाख मानिस सुरक्षित स्थानमा गइरहेको बताइएको छ । आँधी आएपछि त्यहाँका हवाई उडानसमेत बन्द भएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लुजियानामा आपतकाल घोषणा गरेका छन् ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया