‘आदिकविले नेपाली भाषा क्षेत्रमा गरेको योगदानबाट सवैले प्रेरणा लिनुपर्छ’


काठमाडौं असार २९ ।
उपप्रधानमन्त्री ईश्वर पोखरलेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको क्षेत्रमा गरेको योगदानबाट सवैले प्रेरणा रुपमा लिनुपर्ने बताउनु भएको छ ।

भानुभक्त प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भौगोलिक रुपमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेजस्तै भावनात्मक रुपमा नेपालीलाई एकतावद्ध वनाउन भानुभक्तले खेलेको भूमिका स्मरणीय रहेको बताउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्र कमजोर बनाउन खोज्नेहरु सलबलाउन थालेको भन्दै राष्ट्रिय एकता मजवुत बनाएर त्यस्ता तत्वलाई परास्त गर्न समेत आह्वान गर्नूभयो ।

कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रमअघि भानुभक्त प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा प्रभातफेरीको आयोजना गरेको थियो । प्रज्ञाप्रतिष्ठानवाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा पछि फेरि प्रज्ञा प्रतिष्ठानमै पुगेको थियो ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter