बाढी पहिरो पीडितको उद्दारमा जुट्न महासचिव विप्लवको निर्देशन


काठमाडौं, असार २९ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बाढी पहिरो पीडितको उद्दारमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । विज्ञप्ति जारी गरी उहाँले देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको दुखद अवस्थामा उद्दारमा जुट्न निर्देशन दिनुभयो ।

हाम्रो पार्टी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गर्दछ विज्ञप्तीमा भनिएको छ । मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग विप्वलवले माग गर्नुभयो ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार