परिक्षा दिएर फर्कदै गरेका तीन जना विद्यार्थी इलामकाे माइ खाेलामा वेपत्ता


इलाम, २८ असार ।  इलामकाे माइ खोलामा तीन जना विद्यार्थी वेपत्ता भएका छन् । परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी दिउँसो २ बजे माइ खोलामा बेपत्ता भएका हुन्।  माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका शिक्षक गोपाल घिमिरेले जानकारी दिए।

बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने बेपत्ता भएका छन् ।

उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्। विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter