वर्षापछि आएको बाढी पहिरोमा परी ललितपुरमा ६ जनाको मृत्यु


ललितपुर, २८ असार । निरन्तरको वर्षापछि आएको घर भत्किएर,पहिरो र बाढीले ललितपुरमा ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार बागमती गाउँपालिकाको माल्टामा शुक्रबार १३ वर्षीय बालक सरोज जिम्बाको घर भत्किएर मृत्यु भएको छ। शुक्रबार साँझ गोठमा काम गर्न गएकी ४५ वर्षीया सीता राणाको पहिरोले पुरिएर मृत्यु भएको हो।

त्यसैगरी महांकाल गाउँपालिकाको बुखेलमा पानीको भेल कटाउन जाँदा अबिरल गोलेको मृत्यु भएको हो। महांकाल गाउँपालिका बुखेलमा काम गर्न पुगेका कोन्जोस्योमका आमाछोरा ४५ वर्षीया मानमाया लो र छोरा १० वर्षीया सञ्जीव लोको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जोशीले जानकारी दिए।

कुसुन्तीका ४९ वर्षका सुवेस बस्नेतको मृत्यु भएको हो। नख्खु खोलाको किनारमा हिँड्दै गर्दा चिप्लिएर खोलामा पुगेपछि बगाएको थियो। उनको शव नख्खु खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको जोशीको भनाइ छ।

दक्षिण ललितपुरमा सञ्चार सम्बन्ध विच्छेद भएको छ। पहिरोले विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुँदा दक्षिण ललितपुर सम्पर्क बाहिर पुगेको हो।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया