सप्तकोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेपछि रातो बत्ती बालियो, ४० ढोका खुला


इटहरी, २८ असार । सप्तकोशी नदीमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम्मकै उच्च बहाव हो। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४० ढोका खुला गरिएको छ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter