भारतको दादागिरी रोकिएनः दशगजामा भत्किएको बाँध तत्काल मर्मत, पानी गौर सदरमुकामतिर फर्किन सुरू


रौतहट, २८ असार ।
रौतहटस्थित दशगजामा भारतीय पक्षले कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तत्काल मर्मत गरेका छन्।

भारतीय पक्षले लालबकैया र बागमतीलाई लक्षित गरी करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएको हो।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले तत्काल केमिकलको प्रयोग गरेर मर्मत गरेको हुन्।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएपछि उनीहरूले यस्तो कदम चालेका हुन्। दुई दिन देखि थुनिएको पानी फेरि गौर सदरमुकामतिर फर्किन सुरू गरेको छ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया