सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित


काठमाडौं, २८ असार ।
बिहिबार देखी लगातार आएको अविरल बर्षाका कारण मुलुकभरका विभिन्न स्थान डुवानमा परेका छन । अत्यधीक वर्षाका का000
डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिका जलमग्न भएका छन् ।

बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहेकाले उद्धारमा समेत कठिनाई भएको छ । विस्थापित परिवारलाई छिमेकी, विद्यालल र सामाजिक संघसस्थाका भवनमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभएको छ ।

यता, धरान उपमहानगरपालिका को सेउती, सर्दु र विभिन्न खहरे खोला आसपासका दर्जनौं सुकुम्बासी बस्ती बाढीको चपेटामा परेका छन् । उद्धारका लागि १२ सय सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनु भएको छ । बाढी प्रभावितहरुले बसोबासका लागि सुरक्षित स्थान र उचित सहयोगको माग गरेका छन् ।

यस्तै बाराका बाढी तथा डुबान पीडित २५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका र परवानीपुर गाउँपालिकाका विभिन्न गाउँबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखेका छन् भने स्थानीयले खानाको प्रबन्ध गरेका छन् ।

यसैबीच भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेको छ । भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर रोकिएको पानीले बहावले बाँध फुटेको हो ।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएको हो ।

यसैबीच प्रदेश २ सरकारले बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई नगद राहत दिने निर्णय गरेको हो ।

राहत र उद्धारका लागि केन्द्रीय सरकारसँग हेलिकप्टर माग गर्ने निर्णय समेत गरिएको प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले जानकारी दिनुभएको छ ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter