बाढी र पहिरो: देशभरबाट ३२ जनाको ज्यान गयो, ८३१ जनाको उद्दार


काठमाडौं २८ असार ।
बिहिबार देखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

मृत्यु हुनेमा ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३÷३ जना, सिन्धुली र धादिङमा २र२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १ ÷१ जना रहेका छन्।

त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना वेपत्ता छन्।

अविरल वर्षा तथा बाढी तथा पहिरोबाट प्रभावित उद्दारका लागि २७ हजार ८ सय ३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter