भोजपुरमा घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो, सिन्धुलीमा एक बालकको मृत्यु


भोजपुर, असार २८ ।
घरमाथि खसेकको पहिरोमा पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको मृत्यु भएको हो ।

आज बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभएको छ ।

राई घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुलीको दुधौली नगरपालिका डकाहा कमला नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । सुतेको घरमै बाढी पसेर ६ जना बगाएका मध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।
कमला नदीले बगाएर बेपत्ता हुनेमा एक वर्षका सर्जन कापडी, ७ वर्षीय आँधी कापडी र ६० वर्षिया मरणी कापडी रहेका छन् ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter