बाढी पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन, कांग्रेस कार्यकर्तापनि उद्धार कार्यमा परिचालित हुने


काठमाडौं, असार २८ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपाले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियता पूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको पनि उल्लेख छ । अध्यक्षद्वय ओली र प्रचण्डले बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय एवम् भौतिक क्षतिबाट आफूहरु दुःखी भएको उल्लेख गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसले आफ्ना संगठन र कार्यकर्तालाई अविरल वर्षाका कारण पिडितहरूको उद्धार कार्यमा सक्रियतापूर्वक परिचालित हुन निर्देशन दिएको छ ।

नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय गरी उद्धारमा परिचालित हुन कांग्रेसले माग गरेको छ । नागरिकको जिउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिमा नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter