अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष सिंह पुनः गिरफ्तार


कैलाली, असार २७ । सर्वोच्च अदालतकाे आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष बबरजंग सिंह फेरि पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सिंहलाइ बन्दीप्रत्यक्षीकरणाकाे मुद्वामाथिकाे बहसपछि अदालतले उनलाइ रिहा गर्न आदेश दिएकाे थियाे ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरे पनि उनलाई जिल्ला अदालत कैलालीबाट निस्केको केही समयमा प्रहरीले फेरि पक्राउ गरेको हो ।

सिंहलाई धनगढी उपमहानगरपालिकाको जुगेडाबाट पक्राउ गरेको सिंहकी पत्नी जयलक्ष्मी बमले जानकारी दिइन् । उनका अनुसार जगुेडाबाट पक्राउ गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्याएर मोटरसाइकलमा बसाएर अन्यत्र लगेको छ ।

सिंहलाई प्रहरीले वैशाख २७ गते धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतले असार २७ गते अर्को आदेश जारी गर्दै सिंहलाई थुनामुक्त गर्न आदेश गरेको जिल्ला कारागार कैलालीले जनायो ।

तर थुनामुक्त गर्न जिल्ला अदालत कैलालीमा उपस्थित गराइएका उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया