बाढीपहिरोमा परी अहिलेसम्म १६ जनाको मृत्यु, ८ जना बेपत्ता: यस्तो छ गृहमन्त्रालयको विवरण


काठमाडौं, २७ असार ।

लगातार परेको बर्षाका कारण आएको बाढीपहिरोमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार ८ जना बेपत्ता भएका छन् । देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ । कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् ।
आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको गृहमन्त्रालयले जनाएको । बर्षा अझैसम्म नरोकिएका कारण सम्म स्थान र नदी किनारका बासिन्दा त्रसित बनेका छन् ।

यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन् । देशैभर पानी पर्न रोकिएको छैन । ठूला नदीहरुको बहाव बढ्दै गएको छ ।

राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन् भने पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । तराईका जिल्लाहरुमा खानेपानीको समस्या देखिन थालेको छ ।

यस्तो छ गृहमन्त्रालयको विवरण

३ जनाको मृत्यु – कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु ।

२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु ।

२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु ।

१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु ।

१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु ।

१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु ।

१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु ।

१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु ।

१ जनाको मृत्यु- धार्दिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु ।

२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु ।

१ जनाको मृत्यु- मकवानपुरको थाह नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु ।

बेपत्ता हुनेहरु :

-कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता ।

-खोटाङको खोटेहाङ गाउँपालिका वाल्खुवामा पहिरो जाँदा विष्णु राईकी श्रीमती र दुई छोरा बेपत्ता ।

-पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाउँदा ९ वर्षीय दिवन राई बेपत्ता ।

-मोरङ कानेपोखरी गाउँपालिका २ को गेउरिया खोलमा परिचय नखुलेको एक बेपत्ता ।

-महोत्तरीको बलवा नगरपालिका ३ बदियाका हमिद मियालाई खोलाले बगाउँदा बेपत्ता ।

-इलामको चुलाचुली गाउँपालिका १ की ५५ वर्षीया अञ्चल लावती बेपत्ता ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter