साढे ७ घन्टापछि घाँसे मैदानबाट झिकियो यति एयरलाइन्सको विमान, विमानस्थल सुचारु


काठमाडौं, २७ असार ।
साढे ७ घन्टापछि यति एयरलाइन्सको विमान घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको छ ।
शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा अवतरण गरिसकेपछि १२ सय ८० मिटर गुडेर रनवेबाट १५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो ।

शुक्रबार साझ साढे ७ बजेपछि विमानस्थल सुचारु हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले बताए। विमान धसिएको ठाउँबाट बाहिर निकालिसकिएको र त्यहाँबाट तानेर रिमोट पार्किङतर्फ लगिँदै गरेको बताए । उनका अनुसार अबको केहीसमयमा विमानस्थल सुचारु हुनेछ ।

विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरुले साढे ७ घण्टापछि विमान झिकेका थिए ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter