राखेपले स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कार बाँड्दै


काठमाडौं असार २७ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीको पुरस्कार आगामी मंगलबार बाँड्ने भएको छ । प्रतियोगिता सम्पन्न भएको झण्डै तीन महिनापछि खेलाडीले पुरस्कार वापतको रकम पाउन लागेका हुन् ।

नवनियुक्त सदस्य सचिव रमेश सिलवालले अन्य बिषयको खर्च कटाएर भएपनि खेलाडीलाई पुरस्कार वापतको रकम चाँडो दिन खोजिएको बताए ।

राखेपले आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण विजेतालाई खेलाडीलाई १५ हजार दिने घोषणा गरेको थियो । त्यस्तै समुहगतमा स्वर्ण जित्ने खेलाडीलाई ७ हजार दिने व्यवस्था छ । कीर्तिमान भंग गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने राखेपले बताएको थियो ।

राखेपले यसपटक खेलाडीलाई नगद नभएर चेकमार्फत पुरस्कार वापतको रकम उपलब्ध गराउन लागेको छ । चेक लिन असमर्थ खेलाडी तथा प्रशिक्षकको बैंक खाता नम्बरमा पैसा राखिदिने राखेपले जनाएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ को नेपालगञ्जमा गत बैशाखमा सम्पन्न भएको थियो ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया