किम जोङ उन उत्तर कोरियाको राष्ट्र प्रमुख !


एजेन्सी,असार २७ ।
किम जोङ उन उत्तर कोरियाको राष्ट्र प्रमुख हुने लगभग पक्का भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उत्तर कोरियाको नयाँ संविधानमा पहिला उत्तर कोरियाका सर्वोच्च नेता’ का रुपमा रहेका किमलाई राष्ट्र प्रमुखको पद दिने प्रावधान सहितको कानून पारित भएको दाबी गरिएको छ ।

किमको राष्ट्र प्रमुख बन्ने योजनालाई अमेरिकासँगको वार्ताको तयारीको रुपमा हेरिएको बताइएको छ । उत्तर कोरियाको नाएनारा स्टेट पोर्टलबाट सार्वजनिक गरिएको नयाँ संविधानमा सन् २०१६ मा गठन भएको स्टेट अफेर्स कमिसनको अध्यक्षका रुपमा रहेका किम कोरियाली जनताको सर्वोच्च नेताका रुपमा रहेको र अब उप्रान्त उनी राष्ट्र प्रमुखका साथै उत्तर कोरियाली सेनाको कमान्डर इन चीफ समेत रहने व्यवस्था गरिएको छ ।

दक्षिण कोरियाको सिओलमा रहेको युङनाम विश्वविद्यालयका प्रोफेसर किम डङ यपले उत्तर कोरियाको राष्ट्रपति बन्नु किम जोङ उनको सपना रहेको र आज उनले त्यसलाई साकार गरेको बताउनुभयो । नयाँ संविधानले उत्तर कोरियालाई ’आणविक राष्ट्र’ का रुपमा नै प्रस्तुत गरेको छ।अमेरिका र उत्तर कोरियाबीच यही आणविक कार्यक्रमलाई लिएर विवाद भइरहेको छ।

फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया