कांग्रेसका महामन्त्री डा. कोइराला चढेको गाडी बाग्मती पुलमुनि डुबेपछि….


काठमाडौं, २७ असार ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ ।
शुक्रबार दिउँसो त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा.कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।
पुलमुनि ढलान गरेकोले गाडी पार हुने अनुमानमा ड्राइभरले पुलमुनिबाटै गाडी लैजादा बिचमै स्टाट बन्द भएर गाडि भेलले डुवेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । लगत्तै अर्को गाडि मगाएर महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर बाहिर निस्कीएका थिए ।

घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका पनि तिवारीले बताए । कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार