सुर्खेतका डीएफओ लामा ४ लाख घुससहित पक्राउ


२७ असार, काठमाडौं ।

जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

पवक्ता सापकोटाले लामालाई कार्यकक्षबाटै घुससहित नियन्त्रणमा लिएका बताउनु भयो । थप अनुसन्धान जारी रहेको बताईएको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter