बर्षाले वनेपासहितका ग्रामीण बस्ती डुवानमा, चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु


काभ्रे, २७ असार ।

काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले रामप्रसाद दंगालको घर भत्किँदा उहाँकी श्रीमती गोमा दंगाल र नातिनी ७ वर्षीया सुहावी दंगालको मृत्यु भएको हो ।

घर भत्किँदा रामप्रसादकी बुहारी सुशीला र ३ महिनाकी नातिनी अनुष्का घाइते भएकी छन् । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै चौरी देउराली–४ छेडामा गएको पहिरोले दिपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घर पुरिएको छ । यता, मंगलटार, कटुन्जेलगायतका ४ स्थानमा झरेको पहिरोका कारण यातायात सेवा ठप्प भएको छ ।

यसैगरी अबिरल बर्षाका कारण काभ्रेको वनेपासहितका ग्रामीण बस्ती डुवानमा परेका छन् । बनेपा बजार जलमग्न हुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

काभ्रेको पनौती–ढुंगखर्क यातायात, बिपी राजमार्ग, काभ्रेको कोशीपारी चल्ने यातायात, महाभारत, खानिखोलालगायतको स्थानमा यातायातको सेवा अबरुद्ध भएको छ । बर्षाका कारण रोशी खोला, भोटेकोशी तथा इन्द्रवती नदीमा बाढी आएको छ ।

यस्तै अविरल वर्षाका कारण आएको पहिरोले भोजपुरको रामप्रसाद राई गाउँपालिका ७ बासिखोरामा घर पुर्दा एक जनाको मृत्यु भएको छ ।

फुसको छानो भएको १ तले कच्ची घर अगाडिको पर्खाल भत्किँदा पिंढींमा सुतिरहेका ६६ बर्षिय जगतबहादुर राईको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter