विषादी प्रकरणमा आफूलाई झुक्याइयो: प्रधानमन्त्री


काठमाडौं असार २६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताउनु भएको छ । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उहाँले यसबारे खोजबिन भइरहेको बताउनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनु भएको हो । आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने चेतावनी समेत दिनुभयो । उहाँले भारतवाट पत्र आएपनि यसबारे आफुलाई जानकारी नहुंदा कुनै पत्र आएको छैन भनेर सार्वजनिक रुपमा भनेको भन्दै त्यसका लागि क्षमाप्रार्थी छु भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आवश्यक तयारी पछि फेरी सीमा क्षेत्रमा विषादी परीक्षण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताउनुभयो ।

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताउनुभयो ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार