प्रदेश नं २ सरकारले आफनै स्वामित्वको बैंक स्थापना गर्ने


जनकपुर, असार २४ ।
प्रदेशनं २ सरकारले आफनै स्वामित्वको बैंक स्थापना गर्ने भएको छ । ‘प्रदेश विकास बैंक’ नामक बैंक स्थापना गर्नका निम्ति सरकारले गृहकार्य थालेको हो ।

गृहकार्यका निम्ति प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिनुभयो ।

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन ।

प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको मन्त्री विजयकुमार यादवको भनाइ छ ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया