विषादीयुक्त खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न नेकपा सुनसरीको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं, २४ असार ।
नेपाल कम्युनिस्ट पार्टीले आम नेपाली जनताको स्वास्थ्य माथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरि भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ ।
ने.क.पा. सुनसरीका इन्चार्ज विश्वासले विज्ञप्ति जारी गरी भारतीय बिषादी मिसाईएको प्रयोग गर्नै नमिल्ने अखाध्य फलफुल, तरकारी भन्सार चेकजाँच नगरीकनै आयात गर्ने कथित केपी–वादल गृहप्रशासनको पछिल्लो कदमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भभएको छ ।
भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको तीब्र दबाबसामु झुक्दै आवश्यक पूर्वाधार र जनशक्ति अभावको नाममा सरकारको भन्सार विन्दुमा बिषादी परिक्षणको निर्णय फिर्ता गरेको उहाँले बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारत लगायत तेस्रो मुलुकबाट आयात हुने ‘तरकारी र फलफूलको क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्ने’ निर्णयबाट पछि हट्ने जनविरोधी निर्णयको हाम्रो जिल्ला पार्टी कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दछ।
साथै डब्लुटिओ र एफएओको विषादीयुक्त वस्तुको व्यापार गर्न नपाउने अन्तर्रा्ष्ट्रिय प्रचलन र मान्यताविपरित सरकारले निर्णय गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यो सरासर अपरिपक्व, गलत, असमान र जनस्वास्थ विपरित छ। यसले भारतीय विस्तारवादका सामु वर्तमान केपी–पीके सरकारको तावेदारीवादलाई उदाङ्गो पारेको छ ।’
मानव स्वास्थ्यलाई गम्भीर असर र्पुयाउने क्याफिनयुक्त पेय पदार्थ र ’फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’तथा विषादीयुक्त तरकारी,फलफुल लगायतका खाद्य पदार्थ बिना चेकजाँच भित्र्याउने आदेशको विरुद्ध जनस्तरबाटै विरोधमा उत्रन समेत ने.क.पा. सुनसरीले नेपाली कृषक दाजुभाई, दिदिबहिनी तथा आम नागरिकलाई सुनसरी जिल्ला पार्टी अपिल समेत गरेको छ ।
इन्चार्ज विश्वासले बिषादी युक्र फलफुल तथा खाध्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह समेत गर्नुभएको छ । उहाँले अडेर गरेर जिल्लामा जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिदैँ त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष नै हुने पनि विज्ञप्तिमा जनाईएको छ ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter