कैलालीबाट संघर्ष गिरफ्तार, रिहाइ नगरे कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी


कैलाली २३ असार ।
नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला समितीले गिरफ्तारमा परेका आफना नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।

पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आज विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य रमेश थापा ‘संघर्ष’लाई बाटोमा हिडिरहेको अवस्थामा मोटरसाइकल सहित गिरफ्तार गरी वेपत्ता बनाएको प्रति घोर आपत्ति जनाउदै तुरुन्त विनासर्त रिहागर्न माग गर्नुभएको हो ।

जिल्ला सेक्रेटरी मल्लले ओली नेतृत्वको वर्तमान सरकार दिन–प्रतिदिन फासिवाद बन्दै गइरहेको बताउनु भएको छ । आफनो पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार, ठगी, मानव तस्कर, मजदूर र किसान मारा सरकारविरुद्ध देशव्यापी प्रतिरोध संघर्षमा दृढताका साथ अगाडि बढिरहेको उहाले बताउनु भयो ।

वर्तमान सरकारले आफनो असफलता, र जनविरोधी हर्कतलाई ढाकछोप गर्न नेपाली श्रमिक जनताको प्रतिनिधि आफनो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न खोजेको बताउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, फासिवादी कदमको सारा नेपाली जनताले विरोध गरिरहेपछी नेकपा माथिको प्रतिबन्ध हटाउनुको सट्टा पार्टीका नेता कार्यकर्तामाथि तिव्र धरपकड गिरफ्तार र झुठामुद्दा लगाई अपराधी घोषणा गर्न पुगेको छ ।

उहाँले सरकारको फासिवादी, निरंकुश र दमनकारी कार्यको घोर भत्सना गर्दै विनाकारण गिरफ्तारमा परेका आफ्ना नेता कार्यकर्ताको निःसर्त रिहाई नगरिए पार्टी कडा प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

साथै सरकारको उक्त गैर न्यायीक गिरफ्तारीको विरोध गर्न आम राजनैतिक पार्टी, बुद्धिजीवि मानव अधिकारवादी संघ संस्था, पत्रकार, वकिल, विद्यार्थी, किसान र मजदूर सबैलाई सहयोग गर्न अपिल पनि गर्नुभएको छ ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया