प्रविधिमा आधारित बैंकिङ प्रणालीमा विश्वस्त छैन: अर्थमन्त्री


काठमाडौं, असार १७ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताउनु भएको छ ।

नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको आज उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताउनु भएको हो ।

आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गरेको अनुभव सुनाउँदै खतिवडाले आफू अझै सम्म पनि प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण रुपमा विश्वस्त हुन नसकेको बताउनुभयो । विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री खडिवडाले प्रविधिको नियमन अझै कडा हुनु पर्ने बताउनुभयो । सम्मेलन भोली सम्म चल्नेछ ।

मङ्ल, असार १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter