पल्सर स्पोर्टस् अवार्ड आज, ९ विधामा उत्कृष्टलाई पुरस्कृत गरिदैँ


काठमाडौं, असार १७ ।

विश्व खेलकुद पत्रकारिता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ।

नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष यो दिन विशेष कार्यक्रम गर्दै आएको छ । दिवसको अवसर पारेर आज मन्चले पल्सर स्पोर्टस् अवार्ड वितरण गर्दैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो साढे २ बजे अवार्ड कार्यक्रम हुने मन्चले जनाएको छ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा अवार्ड वितरण हुदैछ। यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

मङ्ल, असार १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया