सवारी दुर्घटनामा परी १ को मृत्यु, २२ जना घाइते


सर्लाहि, असार १७ ।
सर्लाहि र काठमाडौमा भएका छुट्टाछ्ट्टै सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोड खोलाको पुलमा आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा बसका चालक सर्लाही ईश्वरपुर नगरपालिका १२ घारीबथानका २४ वर्षीय माधव लाह्योको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका १२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा लाह्योको घटना स्थलमै मृत्यु भएको हो ।्

दुर्घटनामा परी बसमा सवार ४ जना र ट्रकमा सवार २ जना गरी ६ जना घाइते भएका छन् । उनीहरुको सर्लाहीको लालबन्दीमा रहेको विभिन्न अस्पातलमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्थानीय २० वर्षका गोपाल घिमिरेलाई राति २ बजे तिर सर्पले टोकेपछि उपचारको लागि बसमा हालेर नवलपुर लैजाँदै गर्दा दुर्घटना भएको हो ।

यता काठमाडौंको सिनामङ्गलमा माइक्रोबस र हायस एक आपसमा ठोक्किदा १६ जना घाइते भएका छन् ।
सिनामङ्गलस्थित सूचना विभागको कार्यालय अगाडि गौशालाबाट सिनामङ्गलतर्फ जाँदै गरेको बा. ४ ख ५१०० नम्बरको हायस र सिनामङ्गलबाट गौशाला जाँदै गरेको बा. १ झ ९७७६ नम्बरको माइक्रो आज बिहान करिब ५ बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

घाइते हुनेहरूमा १३ जना पुरुष र तीन जना महिला रहेका छन् । घाइतेहरूको नजिकको अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मङ्ल, असार १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter