‘कार्यालयमा हाजिर नहुने कर्मचारीमाथि विशेष निगरानी’


काठमाडौं, असार १७ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय हाजिर नहुने कर्मचारीमाथि विशेष निगरानी गर्ने भएको छ ।

सरकारी कामकारबाहिप्रति जनस्तरबाट व्यापक गुनासो आएपछि मन्त्रालयले अभियानकै रुपमा यसलाई अघि बढाउन लागेको हो । त्यसका लागि सर्बे र अनुगमनसँगै कानुनी बाटोलाई पनि साथमा लिएर अभियान सुरु गर्ने गरी तयारी अघि बढेको मन्त्री लालबाबु पण्डितले बताउनुभयो ।

मन्त्री पण्डितले कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी बनाउँदै सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न अभियानलाई कडाईका साथ लागु गरिने बताउनुभयो । जवाफदेही कर्मचारी संयन्त्र निर्माणका लागि मन्त्रालयले कानुन निर्माणसँगै अन्य प्रक्रियापनि सुरु गरिसकेको भन्दै मन्त्री पण्डितले परिणाममुखी कर्मचारी प्रशासनको अवधारणा अनुसार सरकारले नियन्त्रण र कडाई गर्दै जाने उल्लेख गर्नुभयो ।

मङ्ल, असार १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter