स्थानीय तहको विज्ञापनमा ४ लाख १८ हजार ४७ आवेदन, आज अन्तिम म्याद


काठमाडौं, असार १७ ।

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा हालसम्म ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ ।

आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका हुन् ।

यसैबीच अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज सम्मको समय दिएको छ । आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्ने देखिएको छ ।

मङ्ल, असार १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter