ने.क.पा.सुनसरी र झापाद्धारा सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न, वलिदान खेर जान नदिने प्रतिवद्धता


झापा, १६ असार ।
नेपाल कम्युनिस्ट पार्टी सुनसरीले सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सहिद कुमारको १३औँ पुण्य तिथिको अवसरमा मंगलबार जिल्लाका चार स्थानमा श्रद्धान्जली सभाको आयोजना गरेको हो ।
धरान ११, बराहानगरपालिका ५, बर्जु २ र ईटहरी उपमहानगरपालीकामा गरी चार स्थानमा श्रद्धान्जलीसभाको आयोजना गरिएको जिल्ला सेक्रेटरी शन्तोषले जानकारी दिए । धरानमा आयोजित श्रद्धान्जली सभालाई जिल्ला इन्चार्ज विश्वासले सम्बोधन गरेका थिए । इन्चार्ज विश्वासले सर्लाही जिल्लाका कर्मठ योद्दा, नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै सहिदहरुको बलिदान कुनैपनि हालतमा खेर जान नदिने प्रतिबद्धता गरे ।
उनले जनताको प्रतिरोध संघर्ष द्धारा कुमारको हत्याको बदला लिने उद्घोष समेत गरे । उक्त कार्यक्रमको सन्चालन क्षितीजले गरेका थिए ।
उता नेकपा झापाले पनि सहिद कुमारलाई सम्झँदै श्रद्धाञ्जली शभा सम्पन्न गरेको जनाएको छ । उक्त श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै झपा जिल्ला सचिव मनिषले कुमार पौडेल ने.क.पा.को मात्रै नेता नभएर सुकुम्वासि भूमिहिन र आम नेपालीको नेता भएको चर्चा गर्दै उनको वलिदान खेर जान नदिने बताए । राजनीतिक व्याक्तिको हत्या गर्ने कार्य नगर्न पनि उनले आग्रह गरे ।


उनले सहिद कुमारलाई सम्झँदै कुमारको मुठभेडमा मृत्यु नभएर उनको हत्या गरिएको भन्दै यसको बदला क्रान्तिको दौरानमा चुक्ता हुने बताए । कार्यक्रममा जिल्ला सचिव मनिष,जनसरकार प्रमुख टीका लगायतले मन्तव्य राखेका थिएभने दमकका सचिव समरले कार्यक्रम सञ्चालन गरेका थिए।

 

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter