सवारी दुर्घटनामा एकको मृत्यु


सप्तरी असार १६ ।
सप्तरीको खडक नगरपालिका–५ खरचुहिया स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका– ४ का २० वर्षीय सुरज चौधरी रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ६३१९ को मोटरसाइकललाई विपरीत दिशाबाट जाँँदै गरेको ना४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा सिरहास्थित सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया