जम्मू कश्मीरमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु


काठमाडौं, असार १६ ।

भारत प्रशासित जम्मू कश्मीरमा आज बिहान भएको सवारी दुर्घटनामा ३० जनाको ज्यान गएको छ । जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खसेको स्थानीय प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया