अपांगता भएकालाई किटनाशकयुक्त झुल


रबिन्द्र यादव/ नवलपरासी, १६ असार ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अपाङ्गता भएका ब्यक्तिहरुलाई अाइतबार झुल बितरण गरिएको छ ।
जन जागृती अपाङ्ग संस्था नवलपरासीले प्रतापपुर गाउँपालिका वडा नं ६ को अार्थिक सहयोगमा झुल वितरण गरेको हो । बच्चा राजभरको अध्यक्षता रहेको झुल वितरण कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा रहनु भएको थियोे ।
वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले अपाङ्गता भएका ब्यक्तिहरुको लागी अात्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम संगै उनिहरुको क्षमता विकासका लागी बिभिन्न किसिमको योजना ल्याऊनेमा जोड दिनु भएको थियोे ।
शारिरिक, मानसिक अवस्था कमजोर भएकाका लागि प्रतापपुर गाउँपालिका विभिन्न किसिमको योजन ल्याउने तयारी रहेको जानकारी दिए । अपाङ्गता भएका ब्यक्तीको क्षमता विकाशको लागी प्रतापपुर गाउँपालिका तयार रहेको बताए कार्यक्रममा वडा नं. ६का वडाध्यक्ष रामहरि उपाध्याय वडा नं ८कावडाध्यक्ष कादिर अन्सारी, बाबुराम सुबेदी,माधव पण्डित, छबिलाल हरिजन नन्दु यादव, तौहिद धुनियालगायतहरुको बोलेका थिए। उक्त वडाका करिब ६५ जना अपांगता भएकालाई झुल बितरण गरिएको थियो।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार