विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न सरकारलाई भट्टराईको माग


गोरखा, असार १६ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन नभइ वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला गोरखामा आज भएको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई राजनितिक ढंगले ब्यवहार गर्नुपर्ने बताउनुभयो ।

दुई तिहाइको सुविधा प्राप्त सरकारले अवसरको सदुपयोग गर्न नसकेको भट्टराइको भनाइ छ । पुरानो केन्द्रिकृत ढाँचाबाट अघि बढ्दा सरकारले गति लिन नसकेको उनको आरोप छ ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter