उद्योगका कारण सडक हिलाम्य भएको भन्दै वीरगञ्ज लाल पर्साका बासिन्दा आन्दोलित


वीरगञ्ज, असार १६ ।
उद्योगका कारण सडक हिलाम्य भएको भन्दै वीरगञ्ज लाल पर्साका बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले वीरगञ्जको परवानीपुर स्थित हनुमान मन्दिर देखि पश्चिम लालपर्सा जाने सडक बिहान अवरुद्ध पारेका छन् ।

सडक तत्काल सुधार गरी भोलि मध्यान्न १२ बजेसम्म सञ्चालनमा ल्याउने आश्वासन पछि लालपर्सावासी घर फर्किएका छन् । प्रहरी चौकी परवानीपुरका प्रतिनिधिको रोहबरमा स्थानीय र उद्योग व्यवस्थापनबीच भएको सहमति अनुसार स्काभेटर लगाएर तत्काल सडक सम्याउने सहमति भएको छ ।

औद्योगिक कच्चा पदार्थ र तयारी मालसमान बोकेका सवारीसाधन ओहोरदोहोर गर्दा सडक जीर्ण भएको तर उद्योगले मर्मतका लागि चासो नदेखाएको आरोप स्थानीय वासीको छ ।

बजरंगी ईलेक्ट्रोनिक्स, अम्बे सिमेन्ट, सत्यसाई पाइप उद्योगलगायत आधा दर्जन बढी उद्योग त्यस क्षेत्रमा छन् । सडकमा सबैभन्दा बढी क्षति अम्बे सिमेन्टमा कच्चा पदार्थ ल्याउने र तयारी मालबस्तु लैजान सवारी साधनले र्पुयाउने गरेको स्थानीयको भनाइ छ ।

समाजवादी युवा फोरमका प्रदेश सदस्य मनोजकुमार यादवले सडक एकदमै हिलो भएर आवतजावतमा समस्या भएपछि बाध्य भएर सडकमा उत्रनु परेको बताउनुभयो । आन्दोलन नगरेसम्म नसुन्ने परिपाटीले गर्दा बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उहाँको भनाइ थियो ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter