पूर्व डीआईजीले गरे ड्युटिमा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार


काठमाडौं, असार १६ ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुव्र्यवहार गरेका छन् । आज बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुव्र्यवहार गरेका हुन् ।

दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेको बताईएको छ । शुरक्षाकर्मीले लाइनमा बस्न अनुरोध गरेपछि भट्टले विवाद झिकेको सशस्त्र प्रहरी बल, हल्चोक स्रोतले जनाएको छ । कुटपिटपछि भट्ट त्यहाँबाट फर्किएका थिए भने सुवेदीले माथिल्लो निकायमा खबर गरेका थिए । गौशाला वृत्तका प्रमुख प्रदीपकुमार सिंहले सामान्य विवादमात्र भएको दाबी गर्नुभयो ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार